ताप्लेजुङ घटनाका दोषीमाथि कारबाही हुन्छ : मुख्यमन्त्री कार्की

इटहरी । पाथीभरा दर्शनका लागि तीर्थयात्री जाँदै गरेको जीपमा करेन्ट लागेर आगलागी हुँदा चालक सहित ४ जनाको ज्यान गएको घटनाको छानविन गरी दोषीमाथि कारबाही अघि बढाउन स्थानीय प्रशासनलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले निर्देशन दिएका छन्। साथै घाइतेहरूको उपचारका लागि काठमाडौँ लगिने पनि उनले जानकारी दिएका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सो घटनाप्रति दुःख व्यक्त गरेका…