सरकारविरुद्ध डाको छोडेर रुदैँ मोरङका पत्रकारको प्रदर्शन

विराटनगर जेठ, ५– मोरङका पत्रकारले सरकाले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकबिरुद्ध रोएर विरोध प्रदर्शन गरेका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका प्रेस युनियन सम्बद्ध पत्रकारहरुले बिधेयकले प्रेस स्वतन्त्रता कुण्ठित हुने भन्दै रोएर विरोध गरेका हुन् । जिल्ला प्रशासन कार्यालय अगाडि उनीहरु ठूलो स्वरमा रुन थालेपछि प्रशासन कार्यालय आएका सेवाग्राही अचम्मित भएका…