धान बेच्‍न नेपाल आउँछन् भारतीय

भारत बैरीयाका मनोजकुमार सिंह साइकलमा धान ल्याउँदै गर्दा गौरीगञ्‍ज-४ स्थित नेपाल(भारत सीमामा भेटिए । उनले साइकलमा करिब दुई सय किलो धान बोकेका थिए । त्यो धान भारतमा उनी आफैँले उत्पादन गरेका हुन् ।नेपालमा धान बिक्री गर्न आएका हुन्, मनोजकुमार । उनीहरूका लागि भारतीय बजार टाढा छ । भारतीय बजारमा धानको मूल्य पनि कम छ ।…