जनकपुरधाममा बढ्यो चुनावी सरगर्मी : मेयरमै दर्जनभन्दा बढी आकांक्षी,कांग्रेसभित्र मनोज साहको नाम चर्चामा

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा पनि चुनावी सरगर्मी बढेको छ ।सत्तारूढ गठबन्धनका कांग्रेस, एकीकृत माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीले अहिलेसम्म साझा वा अलग–अलग उम्मेदवार खडा नगरे पनि मेयरका आकांक्षीहरूले टिकटको लागि आ–आफ्ना दलमा लबिङ तीव्र बनाएका छन् । यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, लोकतान्त्रिक समाजवादी…