महोत्तरी- मिथिलामा यसपालिको दशहरा (दशैँ) पर्वका लागि स्थापित देवी प्रतिमा मङ्गलबार विसर्जन गरिएका छन् । भाकल र उत्सवका लागि माटो मुछेर निर्माण गरी प्राणप्रतिष्ठा गरिएका देवी प्रतिमा असोज शुक्ल दशमी तिथिमा पवित्र तलाउमा विसर्जन गरिएका हुन् । विसर्जन गर्दा गहिरो पानीमा प्रतिमा लाई चुर्लुम्म डुबाउन पर्ने चलन छ । मिथिलामा पर्वको उत्सव मनाउन सामुहिक रुपमा…