बैतडी। आज भदौ १ गते, सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व हर्षोल्लासका साथ मनाइँदैछ। ुओल्कोुको शाब्दिक अर्थ उपहार वा कोसेली हो। यस पर्वमा आफूभन्दा ठूलाबडा, मान्यजन र ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप कर्कलाको पात, फलफूल, सागपात र मीठो-मसिनो परिकार दिने चलन छ। संस्कृतिका जानकार जयानन्द भट्टका अनुसार, वर्षापछि आउने सङ्कटबाट बचेको र नयाँ जीवन प्राप्त भएको खुशियालीमा यो पर्व…