२७ वर्षदेखि बन्द काठमाडौँ–टीकापुर उडान आजदेखि सुरू

टीकापुर – कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ। आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमान चालक दलका तीनसहित ६ कर्मचारी र १२ यात्रु बोकेर दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरू भएको हो। यसअघि विसं २०४१ असोज २५ गतेदेखि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द्व सुरु भएसँगै २०५३ साल…