देश लकडाउनमा रहेका वेला डडेल्धुराको सदरमुकाम वागवजारमा तरकारीको मुल्यमा भिन्नता भएको पाइएको छ । घरेलुतथा साना उद्योग विकास समिति डडेल्धुराको संयोजकत्वमा गठित जिल्ला वजार अनुगमन समिति डडेल्धुराले मंगलवार वजार अनुगमन गर्दा जिल्ला सदरमुकाम वागवजार सहितका अन्य वजारमा पशल पिच्छे मुल्यमा भिन्नता पाइएको हो । तरकारीमा टमाटर, काउली, प्याज, तिते करेला ,लगायतका तरकारीको मुल्यमा एकरुपता नपाइएको…