प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट : सूदूरपश्चिम प्रदेशको लगातार जित

भैरहवा । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमले मंगलबार भैरहवाको सिद्धार्थ रंगशालामा कर्णाली प्रदेशलाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ५ विकेट गुमाएर २७७ रन बनाएको थियो । सुदूरपश्चिम प्रदेशका ३ खेलाडीले उत्कृष्ट अर्धशतकीय पारि…