काठमाडौँ, ५ चैतः नेपाल प्रहरीले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, “अत्याधुनिक हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले नियन्त्रणमा लिएर हामीलाई…