२५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ

विराटनगर । २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामा धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय किशोर रहेको मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए । उनीहरु तीनैजना मिलेर विराटनगर महानगरपालिका–३ मा आइतबार राति बलात्कार गरेको खुलेको…