फिफा विश्वकप: अल्जेरियालाई नकआउट गर्दै स्विट्जरल्याण्ड अन्तिम १६ मा प्रवेश

काठमाडौं । अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ को नकआउट भिडन्तमा स्विट्जरल्यान्डले खेलको दुवै हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो । खेलको १० औँ मिनेटमै जे डब्लू मान्जाम्बीको पासमा एम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को स्थिति…