फिफा विश्वकपः कंगोलाई १-० ले पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश

काठमाडौं, असार १० । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा कोलम्बियाले कङ्गो लोकतान्त्रिक गणराज्यलाई १-० ले पराजित गरेको छ । मेक्सिकोको एस्तादियो ग्वाडालाहारामा भएको खेलमा कङ्गो लोकतान्त्रिक गणराज्यलाई १-० ले पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश गरेको हो । ड्यानियल मुन्युसले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ७६औं मिनेटमा…