मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतबाट आयात हुने ८६ प्रकारका औषधि रोकिदैँ



सरकारले भारतबाट आयात हुने ८६ प्रकारका औषधिमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

यसअघि ३० प्रकारका औषधि प्रविबन्ध गर्न औषधि व्यवस्था विभागले सूची तयार गरेको थियो । अहिले त्यसलाई बढाएर ८६ पुर्याएको छ ।

औषधिहरुको सूची भने गोप्य राखिएको छ । प्रतिबन्धित औषधिको सूचीमा सरकारले निःशुल्क उपलब्ध गराउने र त्यसभन्दा बाहिरको पनि रहेको विभागमा सूचना अधिकारी सन्तोष केसीले बताए । प्रतिबन्धको तयारीसँगै विभागले नेपालका औषधि उत्पादक कम्पनीको गुणस्तरको सूची आफ्नो वेबसाइटबाटै हटाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७५, सोमबार  २ : २८ बजे