जाडोका कारण उपत्यकाका प्रहरी भटाभट बिरामी हुँदै



काठमाडौं पुस, २५–
उपत्यकामै कार्यरत प्रहरीलाई पनि ज्याकेट पर्याप्त छैन । नयाँ ज्याकेट हाकिमनिकट प्रहरीले मात्र पाउने गरेका छन् ।

आवाससमेत राम्रो नभएको र ज्याकेट पनि नहुँदा उपत्यकामा प्रहरी बिरामी पर्ने समस्यासमेत देखिएको छ । काठमाडौं परिसरमै प्रहरीहरू टेन्टमा सुत्ने गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘हामीले प्रहरी प्रधान कार्यालयमा माग गरिरहेका छौँ, केही आइरहेको छ, तर सबैले पाएको अवस्था भने छैन,’ महानगरीय प्रहरी कार्यालयकी प्रवक्ता एसएसपी पूजा सिंहले भनिन् ।

प्रकाशित मिति : पुस २५, २०७५ बुधबार  २ : ५४ बजे