मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनाङ्गेले प्रहरीलाई आफू जस्तै गुण्डा देख्न थाले



काठमाडौं पुस, २६–गुण्डा नाइके राजीव गुरुङ भनिने दीपक मनाङ्गेले नेपाल प्रहरीको मानमर्दन गर्दै हिँड्न थालेका छन् । गुण्डा नाइके मनाङ्गेले प्रहरीलाई आफू जस्तै गुण्डा देख्न थालेका छन् ।

उनले नेपाली प्रहरीको उच्च अधिकारीहरूको नामै लिएर देशका गुण्डाहरू समेत भन्न भ्याएका छन् । गुण्डा नाइके मनाङ्गेको यो चर्तिकलाबाट प्रहरी मुख्यालय रिसाएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

मनाङे सुध्रिएनन् भने प्रहरीले फेरि खोरमा थुन्ने पक्का छ । प्रहरीलाई नै गुण्डा भनेर बद्नाम गर्दै हिंडेपछि प्रहरीका उच्च अधिकारीदेखि जवानसम्म रिसाएका छन् । स्रोतका अनुसार गुण्डा नाइके मनाङ्गेका सबै हिसाव कितावलाई प्रहरीले संकलन गर्न थालेको छ ।

हत्या अभियोगमा सजाए पाएका र सर्वोच्च अदालतको आदेशमा धरौटीमा रिहा भएका मनाङ्गे पछिल्लो समय प्रदेश सभाको सांसद पदको सपथका लागि दौडधुप गरिरहेका छन् ।

उनी विशेष गरेर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूको घरदैलो चाहर्ने गरेका छन् । मनाङ्गेले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलाई पनि भेटेर सपथका लागि लविङ गरेका छन् ।

मनाङ्गेले ‘रेशम चौधरीले सपथ लिन हुन मैले किन सपथ लिन नपाउने ?’ भनेर नेताहरूलाई प्रश्न गर्ने गरेका छन् । बिगतको आपराधिक छवि सुधार्ने योजनामा रहेका र सबै कालोधन सेतो बनाउने योजना बनाएका मनाङ्गेलाई अझै पनि धेरै चुनौती छ ।

गुण्डा नाइके मनाङ्गेको विगतको क्रिमिनल रेकर्डका कारण नेताहरूले साथ दिन हच्किएका छन् । तैपनि मनाङ्गेले यसै हप्ताभित्र सपथ लिने भनेर जोडबल गरिरहेको एक नेताले बताए ।

स्वतन्त्रबाट उम्मेदवारी दिएका मनाङ्गे तत्कालीन एमालेको साथ र सहयोगमा मनाङ जिल्लाबाट प्रदेश सांसदमा निर्वाचित भएका थिए । प्रधामन्त्री केपी शर्मा ओलीसम्म पनि मनाङेले सपथको कुरा पु¥याएको चर्चा बालुवाटारमा छ ।

प्रकाशित मिति : २६ पुस २०७५, बिहिबार  २ : १८ बजे