मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निगमले घटायो हवाई इन्धनको मूल्य



काठमाडौं पुस, २६–
हवाई इन्धनको बिक्री मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएको हो । निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अब हवाई इन्धनको मूल्य प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा पर्ने छ ।
निगमले केही दिनअघि पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको थियो । खाना पकाउने ग्यासको मूल्यमा भने घटबढ भएको छैन ।

प्रकाशित मिति : २६ पुस २०७५, बिहिबार  ९ : १६ बजे