मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन संकलन गर्दै गर्दा विमानस्थल गेटबाट एकजना समातिए



काठमाडौं पुस, २९–
त्रिभुवन विमानस्थलको गेटबाट सुनसहित एक युवक पक्राउ परेका छन् । धनकुटा घर भइ काँडाघारी बस्दै आएका २८ वर्षीय समिर श्रेष्ठलाई काठमाडौं प्रहरी परिसर, टेकुले पक्राउ गरेको हो । उनी २५० ग्राम सुन र ४१ हजार रुपैयाँ नगदसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
श्रेष्ठले यूएई, कतार लगायतका मुलुकबाट फर्किने कामदारसँग प्रतिव्यक्ति ५०/५० ग्राम सुन ल्याउन लगाउने गरेको प्रहरीको भनाइ छ । त्यसवापत उनले प्रतिव्यक्ति ६ हजार रुपैयाँ दिने गरेको समेत खुलेको छ ।  उनी विमानस्थलको गेटमा सुन संकलन गर्दै गर्दा समातिएका हुन् ।  श्रेष्ठकोबारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०७५, आइतबार  ७ : ५९ बजे