मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किन सार्वजनिक हुन चाहेनन् बम्जन ?



काठमाडौं माघ, १–रामबहादुर बम्जनसम्बद्ध बोधी श्रवण धर्म संघले माघ ६ गतेबाट सिन्धुलीस्थित आश्रममा मैत्री धर्म प्रज्ञा प्रशिक्षण तथा विश्व शान्ति महामैत्री पूजाको आयोजना गर्दै छ । त्यहाँ धार्मिक सम्बोधन गर्ने भन्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि बम्जन सार्वजनिक नहुने जनाइएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

आफ्नै अनुयायी बेपत्ता पारेको र आनीहरुमाथि यौन दुव्र्यवहारको आरोप लागेका बम्जन सुरक्षा चुनौतीका कारण सार्वजनिक हुन नखोजेको आयोजकले बताएको छ ।

आश्रममा हुने पूजामा स्वदेश तथा विदेशका धार्मिक व्यक्तिहरुको उपस्थिति रहने बोधी श्रवण धर्म संघ सिन्धुलीले जनाएको छ ।

२०६८ असार ९ गते सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित सामुदायिक वनमा अस्थायी आश्रम बनाएर बम्जन सिन्धुली आएका थिए । त्यतिबेला उनलाई सहजै भेटिने गरेको स्थानीय बताउँछन् ।

अचेल बम्जनलाई सहजै भेट्न सकिँदैन । सिन्धुलीका सञ्चारकर्मी पटकपटक जाँदा पनि बम्जनलाई भेट्न नसकिएको जनाइएको छ । उनले मुलुकका उच्च ओहोदामा रहेका व्यक्ति आउँदा भने तुरुन्तै भेट्ने गरेको स्थानीयको दाबी छ ।

प्रकाशित मिति : १ माघ २०७५, मंगलबार  २ : ३३ बजे