मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चेलीबेटी बेच्ने सन्तोष राई धरानबाट पक्राउ



माघ १,धरान-

भारतको नयाँदिल्ली स्थित जिबि रोडको बेश्यालयमा पुर्याई मानव वेचविखन तथा ओसारपसार गर्ने सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको छ । राईलाई  केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले धरान नपा १७ स्थित धनकुटे रोडबाट पक्राउ गरेको हो ।

चोङ ह्याङ राई भनिने ३१ बर्षीय सन्तोष राईले  राम्रो काम लगाईदिन्छु भन्दै बिभिन्न प्रलोभन देखाई नेपाली बालिकालाई झुकाएर भारतको नयांदिल्ली स्थित जिबिरोडको बेश्यालयमा पुर्याई  जबरजस्ती बेश्याबृतीमा संलग्न गराउने गरेका थिए ।

राईलाई आवश्यक कारबाहीको लागि ईप्रका धरानमा बुझाईएको प्रहरीले जनाएको छ  । अभियुक्त राईले बिभिन्न बहानामा नेपालको बोर्डर पास गरि भारतीय  बेश्यालयमा पुर्याई नेपाली ६ लाख रुपैंयासम्ममा बेच्ने गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १ माघ २०७५, मंगलबार  ९ : ३९ बजे