मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्सेका सुचक हरियो भएपछि हौसिए लगानिकर्ता



काठमाडौं माघ, १–
सेयर बजारमा बल्ल रौनक देखिएको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्सेमा ११ वटा समुहको कारोबार हुँदा ११ वटै समुहको सुचक बढेपछि लगानीकर्ताहरु हर्षित भएका छन् । नेप्से १७ दशमलव ५१ अंकले बढेर ११ सय ९५ दशमलव ५४ अंकमा पुुग्दा सेन्सिटिभ तीन दशमलव छ अंकले बढेर दुुई सय ५३ दशमलव ५५ अंकमा पुुगेको छ । आज एक सय ५८ कम्पनीहरुको चार हजार छ सय ३५ वटा कारोबारमा आठ लाख ३५ हजार दुुई सय ३९ कित्ता सेयर किनबेच भएका छन् भने सेयर कारोबार रकम ३९ करोड ७३ लाख ५५ हजार पाँच सय ४० रुपैयाँ पुुगेको छ ।
आज ११ वटा समुहको कारोबार भएकोमा वाणिज्य बैंक समुहको सुचक पाँच दशमलव चार अंकले बढेर एक हजार १४ दशमलव ८० अंकमा पुुगेको छ । बिकास बैंक समुहको सुचक पनि १६ दशमलव ७५ अंकले बढेर १४ सय ६८ दसमलव ३६ अंकमा पुुगेको छ । जलबिद्युुत समुहको सुचक पनि ५२ दशमलव ७७ अंकले बढेर १२ सय ६६ दशमलव तीन अंकमा पुुगेको छ । यसैगरी निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र लघुबित्त समुहको सुचक पनि बढेका छन् ।
कमाउने कम्पनीहरुको सुचीमा नागरिक लगानी कोष, ग्लोबल आईएमई लघुबित्त बित्तीय संंस्था आदि परेका छन् भने गुुमाउने कम्पनीहरुको सुचीमा सिद्धार्थ ईक्विटी फण्ड, गण्डकी बिकास बैक आदि परेका छन् । यसैगरी रकम कारोबारका आधारमा भने नागरिक लगानी कोष, नेपाल बैंक आदि अगाडि देखिएका छन् ।

प्रकाशित मिति : १ माघ २०७५, मंगलबार  १० : ४० बजे