मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिशूलीमा ट्रक खस्दा चालक बेपत्ता, सहचालकले पौडेर जोगाए ज्यान



रत्ननगर, चितवन –

चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ।

आइतबार राति ११ः२५ बजे ना ३ ख १८३ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् भने सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बेपत्ता चालकको खोजी कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार  ६ : ५१ बजे