मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एम्बुलेन्सको अभावमा जनाता ज्यान गुमाइरहेका छन्, म कसरी गाडी चढौ ? बसन्ती तामाङ : उपप्रमुख दक्षिणकाली नगरपालिका



काठमाडौं –

गाउँमा बिरामी एम्बुलेन्स खरिद गर्नका लागि दक्षिणकाली नगरपालिकाकी उपप्रमुख बसन्ती तामाङले आफ्नो सुविधा गाडी नलिने भएकी छिन् । नगरपालिकाले तामाङलाई सवारी सुविधाका लागि ३० लाख रकम उपलब्ध गराएको थियो ।

तर उनले आफ्नो सवारी सुविधा त्यागेर गाउँका विरामी बोक्ने एम्बुलेन्स खरिद गर्ने निर्णयमा पुगेकी छिन् । सवारी साधनबापत छुट्टयाइएको रकम शिक्षा र स्वास्थ्यमा खर्च गरेकी छिन् ।
‘मेरो सवारी सुविधाका लागि ३० लाख रकम छुट्टयाइएको थियो तर मलाई लिन मन लागेन’ उनले भनिन् ‘एम्बुलेन्स नभएपछि गाउँमा विरामीहरुले ज्यान गुमाइरहेका छन् । सुविधाका गाडी लिनुभन्दा विरामी बोक्ने एक्बुलेन्स किन्न पैसा दिन उपयुक्त ठाने । एम्बुलेन्स खरिदका लागी उनले ५ लाख दिएकी छिन् ।

बचेको रकम उनले शिक्षा क्षेत्रमा खर्च गरेकी छिन् । कृषि प्राविधिक विद्यालय सञ्चालन गर्न बजेट पुगेन। उनले बिद्यालयलाई सवारी सुविधाको रकम दिइन । ‘गाडी भन्ने कुरा त पछि पनि चडौला, तर अहिले कृृषि प्राविधिक बिद्यालय चल्न आवश्यक परयो’ उनले भनिन् । २५ लाख प्राविधिक शिक्षाको लागी कामधेनु माध्यमिक विद्यालयलाई कृषि प्राविधिक चलाउन रकम दिएकी छिन् ।

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  १० : ४५ बजे