मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरहाको बस्तीपुरमा बस दुर्घटना, ३० जना घाइते, ३ जनाको अवस्था गम्भिर



सिरहा माघ, ११–
सिरहाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा यात्रुबहाक बस दुर्घटना भएको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत बस्तीपुरमा शुक्रबार बिहान भएको दुर्घटनामा परि ३० जना घाइते भएका छन्। राजविराजबाट जनकपुरतर्फ जाँदै गरेको ना ५ ख २५८८ नम्बरको नवदुर्गा बस दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय सिरहाले जनाएको छ । दुर्घटनामा परी घाइते भएकामध्ये ३ जना गम्भीर र अरु समान्य रहेको प्रहरीको भनाइ छ । यद्यपि, घटनाको थप विवरण आउन भने बाँकी रहेको बताईएको छ ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  ६ : ५५ बजे