मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा.केसीको अनसन २१ दिन पूरा, सरकारको काम कानमा तेल हालेर बस्ने मात्रै



काठमाडौं माघ, १६–डा. गोविन्द केसी अनशन बसेको २१ दिन पूरा हुँदा पनि सरकार प्रतिक्रियाविहीन छ । १५औँ अनशनमा गरेको सम्झौतालाई पूर्ण पालना नगरी विधेयक पारित गराएको भन्दै डा. केसीले अनशन लम्ब्याएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तर, प्रतिनिधिसभाबाट पारित भएको विधेयक राष्ट्रिय सभाबाट पनि पारित गराउने र आफ्नो अडान बलियो बनाउने पक्षमा सरकार छ ।

राष्ट्रिय सभाबाट पनि पारित भएपछि विधेयक पूर्ण हुन्छ, त्यसपछि मात्र वार्ता गर्ने र डा. केसीलाई गलाएर मात्र सम्झौता गर्ने सरकारको योजना छ । ‘उहाँको अनशनमा सरकारको कुनै दख्खल छैन । संसद्ले आफ्नो काम पूरा गर्छ, त्यसपछि मात्र वार्ता हुन सक्छ,’ एक मन्त्रीले नयाँ पत्रिकासँग भने ।

डा. केसीको समर्थनमा बिहीबार लोकतन्त्रवादी पेसागत संघसंगठनमा आबद्ध बुद्धिजीवीहरूले प्रदर्शन गर्ने भएका छन् । चिकित्सा शिक्षा सुधारको मागसहित अनशनरत डा. केसीको मागमा ऐक्यबद्धता जनाउँदै माइतीघर मण्डलामा संयुक्त प्रदर्शन गर्ने भएका हुन् ।

मंगलबार राजधानीमा भएको भेलाले बिहीबार दिउँसो १ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु गरेर बानेश्वर पुगी कोणसभा गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार  २ : १३ बजे