अर्थ समितिको कार्यविधि २०८० स्वीकृत

काठमाडौँ, १२ असोज । अर्थ समितिको कार्यविधि, २०८० स्वीकृत भएको छ ।शुक्रबार बसेको समितिको बैठकले मस्यौदामाथि दफावार छलफलपछि कार्यविधि स्वीकृत गरेको सभापति सन्तोष चालिसेले जानकरी दिएका हुन् ।उनले भने, ‘माननीय सदस्यहरुले राख्नुभएको राय,सल्लाह र सुझावलाई समेटेर कार्यविधि तयार गर्न सचिवालयलाई निर्देशन दिन्छु । आजको यो हाम्रो कार्यविधि सचिवालयले फाइनल गर्ने गरी पास भयो ।’ उनले…