खोटाङ भदौ २२ खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका २ डाँडागाउँको गुरुङडाँडामा साप्ताहिक हाटबजारको उद्घाटन गरिएको छ । स्थानीय स्तरमा उत्पादित बस्तुलाई स्थानीयस्तरमै विक्री वितरण गर्नका लागि गाउँपालिकाले हाटबजारको व्यवस्था गरेको हाटबजार व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष शरण कुमार राईले बताए । गाउँपालिकाभित्र उत्पादित कृषिजन्य वस्तु विक्री वितरण गर्ने उद्देश्यले गाउँपालिकाले आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको बजारको गाउँपालिका…