काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा एक रुपैँया पनि बढी भाडा लिए कारबाही गर्ने भएको छ । कसैले एक रुपैँया बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन समेत विभागले आह्वान गरेको छ । एक रुपैँया पनि बढी लिएको भेटिए कारबाही गरिने र ट्राफिक प्रहरी र अनुगमनकर्ताहरुलाई सर्कुलर गरिएको बिभागले जनाएको छ । विभागले तोकेको…