पाँचौं संस्करणको ‘नेपाल(अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२’ जूनको अन्तिम साता अर्थात् जुन २३ देखि २६ सम्म आयोजना हुने भएको छ ।अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल(अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । वासिङ्टन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको…