अभिनेत्री निरुता सिंहले गरिन् विवाह

काठमाडौं । अभिनेत्री निरुता सिंहले विवाह बन्धनमा बाँधिएकी छिन् । शनिबार उनले आफ्नो बिहेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दे विवाह गरेको जानकारी दिएकी हुन् । उनले बिहीबार भारतको मुम्बई निवासी संजीव गुलाटीसँग बिहे गरेकी हुन् । उनले आफूलाई माया गर्ने दर्शकहरूलाई धन्यवाद दिँदै छिट्टै नेपाल आउनेसमेत बताएकी छिन् ।