काठमाडौँ महानगर पालिकाले संचालन गरेको खोप कार्यक्रम स्थगीत हुने भएको छ । गएको मंगलबार देखि महानगरको ३२ वटै वडामा संचालन हुदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भए पछि स्थगीत हुनपुगेको हो । काठमाडौँ महानगर शहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौँ महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भने…