चीनमा फैलिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमणले ज्यान जानेको सङ्ख्या ८०० नाघेको छ। करिब बीस वर्ष अगाडि सार्स भाइरसको सङ्क्रमण फैलँदा मारिएको सङ्ख्यालाई कोरोनाभाइरसले उछिनिसकेको छ।\सन् २००३ मा सेभेर अक्युट रेस्पिरेटोरी सिन्ड्रोम वा सार्स भनिने भाइरसको सङ्क्रमणबाट विश्वभरका दुई दर्जन देशमा ७७४ जनाको ज्यान गएको थियो। कोरोनाभाइरसले चीनको हुबेइ प्रान्तमा मात्र ७८० जनाको ज्यान लिएको छ भने…