प्रधानमन्त्री ओली अस्वस्थ भएपछि ग्राण्डी अस्पतालमा

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएपछि स्वास्थ्य परिक्षणका लागि ग्राण्डी अस्पताल पुगेका छन  । ज्वरो आउने तथा टाउको दुख्ने समस्या देखिएपछि प्रधानमन्त्री ओली बुधबार बिहान धापासी स्थित ग्राण्डी अस्पताल पुगेका हुन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण भइरहेको ग्राण्डी अस्पतालले जनाएको छ । १३ वर्षअघि मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँच गरिँदै…