काठमाडौं फागुन, १८– गर्भवती भएको थाहा पाएलतत्तै दुई महिला स्वास्थ्य सेविकाले भोटेकोसी गाउँपालिका लिस्तीकोट छ्यासिङकी सुकु विको घरमा हरियो झण्डा बाँधेर गए । गर्भवती भएदेखि बारम्बार महिला स्वास्थ्यकर्मीले खानपान र स्वास्थ्यमा घचघच्याइरहे । महिना दिनअघि मात्रै भोटेकोसी २ स्थित तातोपानी स्वास्थ्य चौकीमा उनले शिशु जन्माइन् । ‘सुत्केरीपछि स्वास्थ्य परामर्श दिएर अण्डा दिएर अनि झण्डा फिर्ता…