चीनमा खानी विस्फोट ,कम्तीमा १५ जनाको मृत्यु

काठ्माण्डौ,एजेन्सि- चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटनमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारअनुसार घटनामा परी अरू नौ जना घाइते भएका छन् । सोमबार दिउसो खानीमा ग्यास विस्फोटन भएर दुर्घटना भएको अधिकारीहरूले बुधवार जानकारी दिएका छन् । दुर्घटना भएको बेला घटनास्थलमा ३५ जना कार्यरत रहेका थिए ।…