सलमान खान अब जेलमा

भारतको एक अदालतले बलिउडका सबभन्दा चर्चित मध्येका एक अभिनेता सलमान खानलाई २० वर्ष अगाडि दुर्लभ वन्यजन्तुको सिकार गरेको आरोपमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय तोकेको   छ। जोधपुरस्थित अदालतले खानलाई उक्त अपराधमा १० हजार रुपैयाँ जरिवाना पनि गरेको छ। उनलाई अब जेल लगिनेछ। बाउन्न वर्षीय खानले माथिल्लो अदालतमा यो फैसलाविरुद्ध पुनरावेदन दिन सक्नेछन्।…