ट्रम्प किन पानमा, ग्रीनल्यान्ड र क्यानडालाई चुनौती दिँदै छन् ?

काठमाडौं । ह्वाइट हाउसमा फर्कनुभन्दा केही साताअघि मात्रै अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले पानमा कनालु र डेन्मार्कको स्वायत्त भूभाग मानिएको ग्रीनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिन सैनिक परिचालनको सम्भावना अस्वीकार नगरेको बताउँदै धेरै जनालाई सजग गराएका छन्। ट्रम्पले दुवै भूभागलाई अमेरिकाको आर्थिक सुरक्षाका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण भनेका छन्। अमेरिकी सेनालाई यस उद्देश्यका लागि परिचालन गर्नेबारे ट्रम्पले…