काठमाडौ , २१ साउन । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले वनलाई नेपालको समृद्धिमा योगदान पुर्याउने माध्यमका रुपमा अघि बढाइने बताएका छन् । नेपालको कूल भूभागको ४५ प्रतिशत क्षेत्र ओगटेको वनले अब समृद्धिमा योगदान पुर्याउने गरी काम गर्नुपर्नेमा उनको जोड थियो । राउण्ड टेवल नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री महतोले संस्थाले हरियाली देश…