मानवअधिकार प्रवर्द्धनमा आयोगको भूमिका प्रशंसनीय छ: सभामुख अर्याल

ललितपुर । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मानव अधिकारको रक्षा गर्न सामूहिक प्रयत्नको खाँचो औँल्याएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानव अधिकार संरक्षण र प्रवद्र्धनमा आयोगले खेलेको भूमिकाको प्रशंसनीय रहेको बताएका छन् । सभामुख अर्यालले भने, “मानव अधिकारप्रति राष्ट्रिय तथा अन्तरराष्ट्रिय दायित्व पूरा गर्नका लागि आयोगले…