काठमाडौं चैत, २९– नेपाली कांग्रेसले नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३८ जनालाई नियुक्त गरेको छ । शुक्रबार प्रतिष्ठानका प्रमुख तथा पार्टी उपसभापति विमलेन्द्र निधिले ३८ जनालाई नियुक्त गरेका हुन् । उपसभापति निधिले पार्टी विधानको धारा ३६ (१) (ग) बमोजिम सदस्य नियुक्त गरेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।