काठमाडौं चैत, ९– महासमितिको निर्णय केन्द्रीय कार्यसमितिले उल्टाएको भन्दै कांग्रेसका जिल्ला सभापतिहरूले विशेष महाधिवेशन बोलाउने प्रयोजनका लागि छलफल गर्न राजधानीमा भेला बोलाएका छन् । काठमाडौंमा उपलब्ध जिल्ला सभापतिको बिहीबार बसेको बैठकले चैत २० र २१ गते राजधानीमा भेला गर्ने तय गरेको छ । पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउन एक तिहाइ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर चाहिन्छ ।…