गोरखा चैत, ७– गोरखामा बाख्रा खान आएको चितुवालाई कुकुरहरू मिलेर मारेका छन्। बिहीबार बिहान पालुङटार नगरपालिका– ९ भोर्लेमा कुकुरहरूको आक्रमणबाट चितुवा मरेको हो । करिब डेढ घन्टा चितुवा र कुकुरको भीडन्त चलेको थियो । स्थानीय फुचुङ लामाको बाख्रा फार्मभित्र चितुवा पसेपछि फार्मकै सुरक्षाका लागि पालिएका कुकुर प्रतिकारमा उत्रिएका थिए। कुकुरले आक्रमणबाट चितुवाको घाँटीमा घाउ लागेको…