बुटवल - पुर्वपश्चिम राजमार्गको सैनामैना सरौलीमा मोटरसाइकल र हाइलक्स कार एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुर्इ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सैनामैना नगरपालिका वडा नं १ का करिब ५० बर्षीय तिलबहादुर सुनार र ५६ बर्षीय खेमबहादुर सुनार रहेका संघीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको हो। घाइते दुवै जनाको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा…