१७ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले भ्रष्टाचारमा सलग्न कर्मचारीलाई कारबाही गर्दा कार्यालय नै खाली हुने अवस्था रहेको बताएका छन् । ‘काठमाडौंको गोट्ठारमा रहेको ४० रोपनी जग्गा कर्मचारीले अभिलेखमा नराखी व्यक्तिका नाममा दर्ता गरिदिएका रहेका रहेछन्’ घिमिरेले अगाडि भने, त्यसमा ८० जनासम्म संलग्न छन् । सबैलाई एकैचोटी निलम्बना गरौं…