सेना–प्रहरी परिचालन गरेर विप्लव समूहलाई नियन्त्रणमा लिन खोज्नु मूलकका लागि घातक हुनसक्छः पूर्वप्रधानसेनापति क्षत्री

काठमाडौं चैत, १४– पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग औपचारिक वार्ताबिनै सेना–प्रहरी परिचालन गरेर नियन्त्रणमा लिन खोज्नु मुलुकका लागि घातक हुनसक्ने चेतावनी दिएका छन्। नेकपामाथि प्रतिबन्ध लागेपछि पक्ष र विपक्षमा अभिव्यक्ति आइरहेका बेला केही महिनाअघि मात्रै अवकाश पाएका क्षत्रीले सरकारले चालेको कदमको आलोचना गरे। गत भदौ २४ गते अवकाश पाएका…