घुस खाएको अभियोगमा अख्तियारद्वारा आफ्नै पूर्व–आयुक्त पाठकविरुद्ध मुद्दा दायर

काठमाडौं चैत, १३– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्व–आयुक्त राजनारायण पाठकविरुद्ध घुस खाएको अभियोगमा मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ । आयोगको मंगलबार बसेको बैठकले आयुक्त पाठकका साथै उनलाई घुस खुवाउने नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई समेत प्रतिवादी बनाई ७८ लाख रुपैंया बिगो मागदावी गरी…