कहाँ पुग्यो एमाले–माओवादी एकता ?

काठमाडौं – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकताको संगठनसम्बन्धी कार्यदलले अन्तरिम विधान तयार गर्न थप १० दिन समय थप्न पार्टी एकता संयोजन समितिलाई सुझाव दिएको छ। केन्द्रका नेता रामबहादुर थापा बादल संयोजक रहेको सो कार्यदलको शुक्रबारको बैठकले अन्तरिम विधानको मस्यौदामाथि दफाबार छलफल शुरु भएको र त्यसका लागि थप समय लाग्ने ठानिएको कार्यदलका सदस्य…