फेवातालमा प्याराग्लाइडिङ खस्यो,प्याराग्लाइडरको मृत्यु

पोखरा फागुन, १९– पोखरामा प्याराग्लाइडिङ दुर्घटना भएको छ । सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खसेको छ । दुर्घटनामा रोमानीयाका नागरिक ४२ वर्षीया एड सिजरको फेवा सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्याराग्लाईडिङ फेवातालमा खसेको जानकारी पाएलगत्तै घटनास्थल पुगेको उद्धार टोलीले उनलाई अस्पताल पुर्‍याइएको थियो । प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर…