काठमाडौं। सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले सरकारले न्यायपालिकालाई न्यून बजेट विनियोजन गरेको बताएका छन्। काठमाडौँ स्कूल अफ लद्वारा आज यहाँ आयोजित ‘कानूनी समुदायमा व्यावसायिक आचरणः सिद्दान्त र अभ्यास’ विषयक कार्यशालाको उद्घाटन गर्दै उनले भने “सरकारसँग न्यायपालिकाका लागि आवश्यक बजेटको माग गरिए पनि गत वर्षको भन्दा न्यून बजेट विनियोजन भएको छ।” प्रधानन्यायाधीश जोशीले न्यून बजेटका कारण…