आर्थिक समृद्धि र विकासको यात्रामा अगाडि बढ्न पुष्पकमल दाहालको अपील

काठमाडौँ — नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आर्थिक समृद्धि र विकासको यात्रामा अगाडि बढ्न सबैलाई अपील गरेका छन् । नयाँ वर्ष २०७५ सालको उपलक्ष्यमा शुभकामना दिँदै अध्यक्ष दाहालले स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अगाडि बढ्न सबै नेपालीहरुमा विशेष अपील गरेका हुन् । नयाँ संविधान कार्यान्वयन, राजनीतिक संक्रमणको अन्त्य गरी स्थिरता, विकास र समृद्धि हासिल…